काठमाडौँ, १ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको वर्तमान अवस्था र देखिएको चुनौतीको विषयमा प्रकाश पार्दै नेकपा एकतालाई खारेज गरेर सर्वोच्च अदालतले अनावश्यक ठाउँमा हात हालेको बताउनुभएको छ ।
अध्यक्ष प्रचण्डले उक्त कुरा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकको सुरुमा बोल्नुभएको हो ।
बैठकमा अर्का नेता नारायणकाजी श्रेष्ठले केपी ओलीलाई सरकारबाट हटाउनै पर्ने बताउनुभएको थियो ।
बैठकमा सातै प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे अवस्थाबारे जानकारी गर्नु भएको थियो ।
उहाँहरुलले पार्टी विभाजनपछि आफ्नो पार्टीका केही नेताहरू एमालेमा गएपछि आफ्नो पार्टीलाई घाटा भएको बताउनुभएको थियो
यसैगरी बैठकले हिजो स्थायी कमिटी बैठकले माओवादी केन्द्रबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको निर्णय अनुमोदन गर्नुका साथै एमालेमा केन्द्रीय सदस्य भएकाहरुलाई पार्टी छाडेको वा नछाडेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन समेत भनेको थियो ।
बैठक भोलि पनि वस्ने र सो बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना विचार राख्नुहुने बताइएको छ ।