काठमाडौँ, २९ फागुन । माओबादी पार्टी छोडेर एमालेमा समाहित भएका रामबहादुर थापा बादल सहित २३ जना नेताहरुलाई माओबादीले २४ घण्टे स्पष्टिकरण सोधेकोछ ।
माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले २३ नेतालाई २४ घण्टाभित्र पार्टीमा फर्किने वा दलत्याग के गर्ने भन्नेबारे जानकारी दिन निर्देशन दिएको हो । उनीहरुले २४ घण्टाभित्र त्यसबारे जानकारी नदिएमा कारबाहीको प्रक्रिया अघि बढाइने बताइएको छ ।
पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।
गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।