काठमाडौ, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा चलखेल गरेको आरोपमा छानविन गर्न एक संसदीय समिति बन्ने भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलपछि सो सहमती भएको बुझिएको छ । सम्भवतः समिति आजै बनाइने छ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको प्रक्रियामा अनधिकृत रूपमा बिचौलिया तथा बाहिरी व्यक्तिलाई सहभागी गराएकोमा चौतर्फ विरोधका साथै नेकपा एमालेले उनलाई संसदमा बोल्न नदिने रणनीति लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर