काठमाडौ,२७ फागुन । जनता समाजवादी पार्टी (जसपा)को सचिवालय बैठक पार्टी कार्यालय बालकुमारीमा बसिरहेको छ । बैठक सरकारमा जाने नजाने वा जाने भए कुन पार्टीसँग मिलेर जाने लगायतका विषयमा छलफल हुने बुझिएको छ ।
संसद पुनःस्थापनापछि नयाँ सरकार निर्माणको तयारीमा रहेको माओवादी केन्द्रले जसपालाई सत्ता सहकार्यको प्रस्ताव राखेको छ भने ओलीले आफ्नो सरकारको निरन्तरताका लागि सत्तामा सहभागिता जनाउन आग्रह गरिरहेको छ ।
ओली प्रतिगमनका मतियार भएका र सो पार्टीलाई धोका दिएका कारण उसको नेतृत्वको सरकारमा जान नहुने विचार केही नेताहरुले व्यक्त गरिरहेका छन् ।
बैठकले थरुहट आन्दोलनका समयमा पक्राउ परेका रेशम चौधरीलगायत नेता, कार्यकर्ताको रिहाई र मुद्दा फिर्ता लगायतका विषयमा पनि निर्णय गर्ने बुझिएको छ ।