बैतडी, २७ फागुन । शिवनाथ गाउँपालिका–३ पुडिलका ३५ वर्षीय राजसिंह साउँदको हिटरका कारण मत्यु भएको छ भने उनकी २० वर्षीया भतिजी सरिता बेहोस भएको प्रहरीले जनाएको छ ।
उनीहरु कुखुराको चल्लालाई तातो बनाउन बन्द कोठाभित्रै हिटर बालेर सुतेका थिए ।
राजसिंहको केशरपुर उपचारका लागि डडेल्धुरा लानेक्रममा बाटोमा मृत्यु भएको थियो।
भतिजी सरिताको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।