उच्च रक्तचापको समस्या भएका व्यक्तिले दैनिक ३० मिनेटको जिउ तन्काउने व्यायाम (स्टे«चिङ एक्सरसाइज) बाट धेरै लाभ लिन सक्ने एक अनुसन्धानले देखाएको छ ।

यो व्यायाम बिहान बेलुकाको हिँडाइभन्दा धेरै फाइदाजनक छ । क्यानडाको एक विश्वविद्यालयले गरको अध्ययनबाट यो कुरा पुष्टि भएको हो ।

वैज्ञानिकका अनुसार स्ट्रेचिङ र हिँडाइले उच्च रक्तचापलाई कति असर गर्छ भन्ने कुरा अध्ययनका क्रममा जान्ने कोसिस गरिएको थियो ।

अनुसन्धानका क्रममा उच्च रक्तचाप भएका ४० बिरामीलाई दुई भागमा विभाजन गरेर अध्ययन गरिएको थियो । एक समूहलाई हिँड्न र अर्को समूहलाई स्ट्रेचिङ एक्सरसाइज गर्न सल्लाह दिइएको थियो । उक्त अनुसन्धानबाट रक्तचाप नियन्त्रण गर्न स्ट्रेचिङ धेरै फाइदाजनक रहेको पाएको हो ।

फिजिकल एक्टिभिटी एन्ड जर्नलमा प्रकाशित रिसर्चका अनुसार स्ट्रेचिङ एक्सरसाइजले मांशपेसी (मसल्स)मा रहेको दुखाइ समेत कम गर्न सक्छ । यसका असर मसल्स हुँदै धमनीसम्म पुग्छ ।

उक्त अनुसन्धानमा दावा गरिएको अर्को महत्त्वपूर्ण कुरा के हो भने– यदि धेरै छिटो मोटोपन कम गर्न चाहनेका लागि हिँड्नु धेरै राम्रो विकल्प भएको बताइएको छ ।

तौल घटाउन स्ट्रेचिङ गर्नेहरुले भन्दा छिटो हिँड्नेले तौल घटाएको अनुसन्धानका क्रममा देखियो ।

वैज्ञानिकको भनाइ अनुसार आफूलाई रिल्याक्स राख्न सोफा, ओछ्यानको सट्टा भुइँमा बस्ने र टिभी हेर्दा हेर्दै पनि स्टे«चिङ अभ्यास गर्न सकिन्छ ।’

हेल्थ एक्सपर्ट र पोषण विश्लेषकका अनुसार रक्तचाप रोग नभएर सरीरमा हुने नकारात्मक बदलावको एक लक्षण हो । उनीहरुका अनुसार यसबाट बच्न दुईवटा सूत्र छ । पहिलो, खानामा ५० प्रतिशत फलफूल र सागसब्जी समावेश गर्ने, दोस्रो– नुन र तेलबाट टाढा बस्ने ।

यसलाई यसरी पनि बुझ्न सकिन्छ, एउटा व्यक्ति डाक्टरलाई देखाउन जाँदा उसको रक्तचाप बढ्न सुरु हुन्छ, हस्पिटलबाट बाहिरिँदा सामान्य हुन्छ ।

मेडिकल भाषामा यसलाई ह्वाइट कोट सिन्ड्रोम भनिन्छ । औषधी प्रयोग गर्ने ८० प्रतिशत बिरामीमा उक्त सिन्ड्रोम देखिएको छ । यस्ता बिरामीलाई औषधीको आवश्यकता नरहेको बताइन्छ ।

(चिकित्सकको सल्लाह पनि लिनुहोला ।)

प्रतिक्रिया

सम्बन्धित खवर