काठमाडौ, २७ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी बारे दुई वर्ष पुरोनो मुद्दाको फैसला गरेपछि सो पार्टी न प्रचण्ड माधव पक्षमा गएको छ न ओली पक्षमा ।
सो नामसम्बन्धी विवादबारे ऋषिराम कट्टेलले २०७५ मङ्सिर २१ गते दायर गरेको रिट निवेदनको पक्षमा फैसला सुनाएको अदालतका प्रवक्ता भद्रकाली पोखरेल बताउनु भएको छ ।
नेकपाका दुई समूहबीच आधिकारिकताको विवाद चलिरहेको अवस्थामा आएको सो मुद्दामा न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आज फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कट्टेलले रिट निवेदन दायर गर्नुभएको थियो । र सो रिट निवेदन माथिको सुनुवाइ फागुन १३ गते सकिएको थियो ।
सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अब आफ्नो पार्टीको नाम फेर्नुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर