काठमाडौँ, ३ चैत । भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायक सनिश श्रेष्ठको सुमधुर स्वरमा सजिएको फलिङ फर युु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ भर्सनको यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा संगीतवद्द गरेका हुन्। जावेद खानले छायाँकन गरेको यस भिडियोमा इरा महर्जनको कोरियोग्राफी रहेको छ। म्युजिक भिडियोमा कविता नेपाली र किरण तामाङ फिचर्ड छन्।

लुपी इन्टरटेन्मेण्टको प्रस्तुति रहेको यस भिडियोलाई उज्ज्वल जोशीको सम्पादन र निर्देशनमा तयार पारिएको हो। प्रगती बोगटी निर्माता र समिप सुवेदी भिडियोको सह(निर्माता हुन्। निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

भिडियो लिंक: https://youtu.be/g5p36QQfsls

 

प्रतिक्रिया

सम्बन्धित खवर