चितवन, ११ फागुन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरकारमा रहेर एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ ।
उक्त कुरा उहाँले आज चितवनमा पत्रकारसँग कुराकानीमा बताउनुभएको हो ।

कि त सरकार छोड्नु पर्यो होइनभने सरकारमा रहेर सडकमा जानु भएन भन्दै मन्त्री झाक्रीले सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्ने कुरा विरोधाभाषपूर्ण हुन्छ बताउनुभयो ।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उहाँले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने पनि स्पष्ट पार्नुभयो ।
उहाँले पार्टीको सचिवालयले एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै यस विषयमा छलफल हुन जरुरी रहेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर