काठमाडौ,१९फागुन । नेकपा प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी विधान उल्लंघन गरेको भन्दै सुवास नेम्वाङलाई स्थायी कमिटीबाट निलम्बन गर्नुका साथै तीन दिनभित्र संसदीय दलको उपनेताबाट राजीनामा दिन समेत निर्देशन दिएको छ ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

यसैगरी बैठकले विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह र सूर्य थापालाई केन्द्रीय कमिटीबाट निष्कासन गर्ने निर्णय पनि गरेको छ ।
भट्टराईलाई सांसदको जिम्मेवारीमा रहन सचेत गराउने निर्णय पनि बैठकले गरेको छ ।
पार्टीको पक्षमा फर्कन सबै नेताहरूलाई आग्रह गर्दै बैठकले विनापूर्वाग्रह जिम्मेवारी दिइने निर्णय पनि गरेको छ ।
निर्वाचन आयोगले हालसम्म निर्णय नगरेकोमा दुःख व्यक्त गर्दै बैठकले निष्पक्ष र न्यायसंगत निर्णय गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर