काठमाडौं, ८ फागुन । सूचना तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी)(टेबल गर्नुभएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा स्वास्थ्यका कारण अनुपस्थित हुनुभएपछि उहाँको तर्फबाट मन्त्री कार्कीले सदनमा सो प्रस्ताव पेश गर्नुभएको हो ।
एमसीसीमा अब छलफल भई अनुमोदनका लागि निर्णयार्थ पेश गरिनेछ ।
