यस गीतमा सविन सुवेदीको सुमधुर स्वर सुन्न सकिन्छ भने गोपाल लोहारको मार्मिक शब्द रहेको छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। परदेशीको पिडा र मनोभावनालाई प्रस्तुत गरिएको भिडियोमा , प्रमिला खनाल र माया पौडेलको समेत अभिनय देख्न सकिन्छ।
श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुन्। गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
