काठमाडौँ, ९ मङ्सिर । युवा गायक आयुस्मान बिस्टको स्वरमा समावेश  ‘पोखरेली नानी’ बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेका हुन्।  गीतमा कुशल कुमार खनालको शब्द रहेको छ भने संजीव बराइलीको संगीत संयोजन रहेको छ।

गीतको भिडियोमा युवा-युवतीबीचको प्रेम र आकर्षणको कथा भनिएको छ । भिडियोमा कुन्साङ बोम्जन, बिना राउत, दिक्षा रिसाल र स्वयम् गायक आयुस्मान बिस्ट फिचर्ड छन्।  सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।  विकाश दाहालको भिडियोमा सम्पादन रहेको छ।  पुष्पान्जली थापा बिस्ट निर्मात्री रहेको भिडियोलाई अनुप चापागाईको निर्देशनमा तयार पारिएको हो।

वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति  गायक बिस्टले  ‘मेरो कलिलो मन’ गीत बाट  आफ्नो  संगीतको यात्रालाई औपचारिकता दिएका थिए।  गायन तथा गितारिस्टको रुपमा धमकादार प्रस्तुतिले मन्त्र मुग्ध पार्न सफल भएका गायक बिस्टले सानै उमेरमा प्रतिष्ठित गायकहरुसग स्टेज सेयर गरिसकेका छन्। उनको नयाँ भिडियोले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

भिडियो लिंक: https://youtu.be/zeSOMARQorc

प्रतिक्रिया

सम्बन्धित खवर