काठमाडौ, १४ भदौ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको पार्टी गुट र अहंकार व्यक्तिवादका कारण आफुहरुले विद्रोह गर्नुपरेको वताउनुभएको छ ।
उहाँले उक्तकुरा भारतमा उपचार गरी आज फर्कदा अन्तर्राष्ट्रिय विमानस्थलमा वताउनुभएको हो
उहाँले ‘विद्रोह फुट होइन। यो विद्रोह थोरै मान्छेको हो कि जस्तो लाग्नसक्छ, तर सयौं, हजारौं र लाखौं हुँदै क्रान्तिको विकास हुन्छ। अहिले यो झिल्कोका रुपमा मात्रै छ ।’ स्पष्ट पार्नुभयो ।
उहाँले सो अवसरमा आफू अब पार्टीको कुनै कार्यकारी पदमा नबस्ने घोषणा पनि गर्नुभएको छ ।
‘मसँग अब कुनै कार्यकारी पोष्ट माग्ने नैतिक अधिकार छैन । ७० वर्ष पुगिसकेको छु’ खनालले भन्नुभयो ।
आफू सास रहुञ्जेल देश, राष्ट्र राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विस्तार गर्ने बताउनुभयो।
मेरो जीवन नाफाको हो, बोनस हो । सास रहुञ्जेल देश, राष्ट्र राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विस्तार र समाजवाद निर्माणको काममा समय खर्चिनुछ भन्दै नेता खनालले भन्नुभयो ‘दिगो शान्ति स्थापना गर्ने र समाजवादको बाटोमा सम्पूर्ण जीवन समर्पित गर्नेछु।’