काठमाण्डौं, १३ भदौ । नेकपा(एकीकृत समाजवादी) पार्टीको सदीय दलको नेतामा माधवकुमार नेपाल चुनिनु भएको छ।
यो पार्टी के पी शर्मा ओली अध्यक्ष रहेको नेकापा (एमाले) फुटेर बनेको हो । यसले गत बुधबार मात्रै निर्वचन अयोगबाट मान्यता पाएको छ ।
पार्टीको अध्यक्ष पनि स्वयं माधवकुमार नेपाल हुनुहुन्छ ।
आज आइतबार बसेको नेकपा समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चुनेको हो ।
नेकपा समाजवादीमा २३ सांसद छन्।
त्यसैगरी एकीकृत संसदीय दलको राष्ट्रिय सभामा संसदीय दलका नेतामा बेदुराम भुसाल छानिनु भएको छ । राष्ट्रिय सभामा यो नयाँ दलका ७ जना सांसद छन्।