काठमाडौ, ३० साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनप्रतिको खतरा अझै टरिनसकेकोले सचेत रहन आह्वान गर्नुभएको छ ।
अध्यक्ष दाहालले उक्त आव्हान आज पार्टीको केन्द्रीय कमिटीको बैठकमा पेश गर्नुभएको राजनीतिक प्रतिवेदन उल्लेख गर्नुभएको छ ।

उहाँले प्रतिवेदनमा मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबै कम्युनिष्ट क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुको बीचको सहकार्यलाई निरतरता दिनुपर्नेमा जोड दिएकानुभएको छ ।

प्रतिवेदनमा आगामी पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलनको प्रस्ताव गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

उक्त राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावका साथै विधान मस्यौदामाथि छलफल गर्न केन्द्रीय सदस्यहरूलाई ८ समूहमा विभाजित गरिएको श्रेष्ठले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर