काठमाण्डौं, २४ साउन। सुनको मूल्य आज एकैदिन तोलामा पन्ध्र सय रूपैया सस्तो भएको छ । शुक्रबार ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९० हजार रुपैयाँमा झरेको हो ।
त्यसैगरी तेजावी सुनको मूल्य शुक्रबारको तुलनामा तोलामा एक हजार ४५० रुपैयाँले कम भएको छ । शुक्रबार प्रतितोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको आजको कारोबार मूल्य ८९ हजार ५५० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले सस्तो बनेर प्रतितोला एक हजार दुई सय ४० रुपैयाँमा काराबोर भइरहेको छ । शुक्रबार एक हजार २६५ रुपैयाँ चाँदीको कारोबार भएको थियो ।
