काठमाडौँ, १३ साउन । पूर्व सांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंखर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिनुभएको छ ।
माओवादी केन्द्रका तर्फबाट सांसद नियुक्त उहाँहरु केपी ओलीलाई समर्थन गरेका कारण पार्टीले उहाँहरुलाई सांसद पदबाट हटाएको थियो ।
उहाँहरुले आफूलाई अवैधानिक रुपमा पार्टीले सांसदबाट हटाएको भन्दै पुनर्बहालीको माग राखेर अदालतमा निवेदन दिनुभएको हो ।