काठमाडौँ, २० असार। सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको मृत्यु भएको छ । नेपाली काँग्रेसबाट निर्वाचित  ७० वर्षीय बर्माको उपचारको क्रममा काठमाडौंस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको परिवारजनले जनाएको छ ।

मिर्गौला, मधुमेहलगायत  समस्यामा रहेका वर्मालाई स्वास्थ्यमा समस्या भएपछि एक साताअगाडि काठमाडौं ल्याइएको थियो ।

अस्पतालको आईसीयूमा राखेर उपचार गर्ने क्रममा शनिबार राति उनको निधन भएको गाउँपालिकाको वडानम्बर १ का अध्यक्ष दिनेश मिश्रले जानकारी दिए ।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा बर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्ष बर्मा ५ पटकसम्म गाविस अध्यक्ष रहिसकेका छन् भने उनी नेपाली काँग्रेसको महासमिति सदस्य थिए ।

उनको पार्थिव शरीरलाई काठमाण्डौबाट पैतृक गाउँ खैर्वामा  अन्तिम दाहसंस्कार गरिने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर