काठमाडौ, २४ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र नयाँ संस्कार र कार्यशैली विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै अब पार्टीमा काम गर्ने तरिकामा समेत परिवर्तन ल्याइने बताउनुभयो ।
नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले कांग्रेस छाडेका समर्थक र शुभचिन्तकलाई पुनः पार्टीमा फर्काइने बताउनुभएको छ ।
उहाँले महाधिवेशनमा व्यक्त विचारलाई समेटेर केन्द्रीय समितिको पहिलो बैठकबाट पार्टीको कार्ययोजना बनाइने भन्दै पार्टीमा काम गर्ने तरिका बदलेर सबैभन्दा पहिला हामीसँग रहेका साथीहरूको भरोसा अझै माथि उठाउनेछौँ,’ उहाँले भन्नुभयो ।
नव निर्वाचित सभापति थापाले भन्न्ुभयो ‘वर्षौंसम्म कांग्रेसलाई माया गर्नुभएका तर केही वर्षअघिदेखि हामीले गरेका काम चित्त नबुझाएर छोडेर जानुभएका लाखौँ मानिसलाई हामी फर्काउँछौँ।’
थापाले कांग्रेसको कार्यालय, घर र परिवारमा फर्किन सक्ने वातावरण बनाउने संकल्पसहित आफूहरूले यात्रा प्रारम्भ गरेको बताउनुभयो ।
कांग्रेसको गौरवशाली इतिहास भए पनि त्यसैको भरमा राजनीति नगर्ने भन्दै ‘हामी इतिहासको ब्याज खान आएका होइनौँ । इतिहासलाई रटेर पनि बस्दैनौँ । हामी नयाँ इतिहास आफैँ रच्छौँ,’ उहाँले भन्नुभयो ।
उहाँले युवा, किसान, उद्यमी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीको भरोसा जित्ने पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्दै किसानले आफ्नो विषय उठाउने पार्टीका रूपमा कांग्रेसलाई चिन्ने, उद्यमीले गुमेको अवसर पुनः प्राप्त गराउने पार्टीका रूपमा बुझ्नुपर्ने बताउनुभयो।
सभापति थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र कानुनको शासनमा पार्टी दृढ रहने भन्दै पार्टीसँग आबद्ध कुनै व्यक्तिले गैरकानुनी काम गरे त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने त्यसको भारी पार्टीले नलिने पनि स्पष्ट पानुभयो ।
‘
