काठमाडौ, २२ असोज । शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालय परिसरमा विद्यार्थीले विरोध प्रदर्शन सहित नाराबाजी गरेका छन्।

मन्त्री पोखरेल कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसको बैठकमा अध्यक्षता गरिरहनुभएको थियो ।

प्रदर्शनमा त्रिविमा राजनीतिक भागबण्डाको विरोध गर्दै ‘नेपोबेबी मुर्दावाद’, ‘मुर्दावाद, मुर्दावाद’ र ‘राजनीतिक भागबण्डा बन्द गर’ लगायतका नारा लगाइएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर