ब्रिटेन, १३ आर । ब्रिटेनमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले प्रधानमन्त्रीलाई एक पत्र लेखि राजीनामा दिनुभएको छ ।

पत्रमा उहाँले जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने लेख्नुभएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा पत्र पाएर आफू दुस्खी भएको बताउनुभएको छ ।

पूर्व अर्थमन्त्री शजिद जावेदलाई नयाँ स्वास्थ्यमन्त्री बनाइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ ।
द सन पत्रिकाले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो ।

उक्त पत्रिकाले ती तस्बिहरू स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ।

कयौँ पत्रिकाहरूले ह्यानककले आफ्नी श्रीमती मार्थासँगको १५ वर्षे वैवाहिक सम्बन्ध टुङ्ग्याएको समाचार छापेका छन् ।

बीबीसीले ती विवरणहरू सही भएको बुझेको छ ।

बीबीसीकी राजनीतिक सम्पादक लरा कुन्सवर्गका अनुसार नम्बर टेन भनिने प्रधानमन्त्री कार्यालयले राजीनामा ह्यानकको निर्णय भएको र उनलाई प्रधानमन्त्रीले ननिकालेकोमा जोड दिएको छ ।
कोलेड्यानजेलोले समेत मन्त्रालयको एक कार्यकारी निर्देशकको पद छाड्ने बीबीसीकी राजनीतिक सम्पादक बताउँनुहुन्छ ।
यो देशका सबैले गरेको धेरै त्यागलाई मैले बुझेको छु । र हामी जसले नियम बनाउँछौँ त्यसमा प्रतिबद्ध हुनुपर्छ र त्यसकै कारण मैले राजीनामा दिएको हुँ ।

स्वास्थ्यमन्त्रीका रूपमा तीनवर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा नियम तोडेकोमा बारम्बार माफी मागेका छन् ।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर