नारायणगढ, २६ भदौ । भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा एउटा ईभी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ६ बजे बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उक्त आगो दमकलको सहायताले नियन्त्रणमा लिएको थियो भने मृतकको सनाखत हुन सकेको छैन।
