काठमाडौ, २३ भदौ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज प्रकाशित गरेको संशोधित कार्यतालिका वमोजिम १५ औं महाधिवेशनअन्तर्गत गाउँ र नगर वडा अधिवेशन असोज ३ र ४ गते हुने भएको छ।

यसअघि भदौ २४ गते उक्त वडा अधिवेशन गर्ने भनिएको थियो।

पार्टीव्दारा प्रकाशित विज्ञप्ति अनुसार सो अधिवेशन बाढी विपद् र पार्टीभित्र सहमतिका लागि भन्दै वडा अधिवेशन मिति सारिएको हो ।

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय समितिको छ।

नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशहरूको अधिवेशन २०८३ असोज १० गतेभित्र सम्पन्न गर्ने र जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको समयतालिका दोस्रो चरणमा प्रकाशित गरिने कांग्रेसले जनाएको छ।

१५ औं महाधिवेशन कार्यतालिकाः

१. गाउँ नगर वडा अधिवेशनः २०८३ असोज ३ गते शनिबार र ४ गते आइतबार (स्थानीय अनुकूलता अनुसार तय गरी सम्पन्न गर्ने)

६७४३ वटै वडामा अधिवेशन, वडा कार्यसमितिको निर्वाचन र क्षेत्रीय प्रतिनिधि चयन गर्ने

२. गाउँ नगरपालिका अधिवेशन, २०८३ असोज ७ गते बुधबार

३. प्रदेश सभा क्षेत्रीय अधिवेशनरप्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, २०८३ असोज १० गते शनिबार

४. केन्द्रीय महाधिवेशन २०८३ असोज १६, १७, १८ र १९ गते

 

प्रतिक्रिया

सम्बन्धित खवर