काठमाडौ, २१ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका मध्ये २४४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीका अनुसार अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ भने
पहिचान भएका २४ शव परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको छ ।
यस्तै, हाल ५९ शवहरु अस्पतालमै रहेका छन् । केही शवहरुको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि उक्त शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।
