काठमाडौँ, २८ साउन । आज नेप्से परिसूचक ८.८१ अंकले बढेर समग्र सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ६ सय ५१ दशमलव २१ विन्दुमा उक्लिएको हो ।
यो साता तेस्रो दिन नेप्से बढेको हो । सोमरबार ९.०२ अंकले घटेको नेप्से मंगलबार र बुधबार सामान्य अंकले वृद्धि भएको थियो ।
कारोबारमा आएकामध्ये १७१ कम्पनीको सेयर मूल्य बढ्यो, ८६ कम्पनीको मूल्य घट्यो भने १९ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ४५ हजार ८२२ पटकको सेयर किनबेचमा १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर कारोबार भए । ती किनबेचमा ३ अर्ब ७२ करोड ४७ लाख रूपैयाँको सेयर खरिद(बिक्री भएको छ ।
सर्वोत्तम पेन्ट्स इन्डस्ट्रीजको सेयर मूल्य १५ प्रतिशतले बढ्यो । माउन्ट एभरेस्ट पावर डभलपमेन्टको १४.९९, सुपर खुदी हाइड्रोपावरको १३.०२, घलेम्दी हाइड्रोको ११.९०, सीवाईसी लघुवित्तको ५.०९ प्रतिशतले मूल्य बढ्यो ।
इमर्जीङ नेपालको ५.११, सिर्जनशील लघुवित्तको ४.५३, लक्ष्मी उन्नती कोषको ४.१४, सानिमा ग्रोथ फन्डको ३.९२, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको ३.२९ प्रतिशतले मूल्य घट्यो ।
