काठमाडौँ, ४ साउनः नेकपा (एमाले)को बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिइँदै आएको समर्थनबारे ‘पर्ख र हेर’ को नीति लिएको छ ।
सो दलको आज काठमाडौँमा भएको बैठकले तत्काल प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा हाल यथावत् रहने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा निदेशचन्द्र देवकोटाले जानकारी दिनुभयो ।
यही साउन १ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुद दीपकप्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्मा रहेका एमालेका अधिकांश मन्त्रीलाई विना विभागीय मन्त्री रहने गरी हेरफेर गर्नुभएको थियो ।
प्रदेश सरकारका गठनबन्धन उलटपुलटबारे विभिन्न दलबीच शीर्ष तहमा संवाद चलिरहेको छ ।
–––
