काठमाडौँ, ४ असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस  संक्रमणबाट थप ४४ जनाको ज्यान गएको छ । यससहित कोरोनाबाट ज्यान जानेको संख्या ८६४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयावधिमा ४०२० जना कोरोना संक्रमणबाट विसेक भएका छन् । यससहित विसेक हुनेको संख्या ५ लाख ९ हजार ६२४ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै अहिले पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप २७६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर