काठमाडौ, २७ जेठ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन तयारी गरेको विरुध्दमा आज माइतीघर मण्डलामा नारा सहित विरोध प्रदर्शन गरिएको छ ।
उक्त कलेजका सञ्चालक दुर्गा प्रसाईं रहेका छन् ।
डा.गोविन्द केसीका समर्थकहरूले गरेको उक्त विरोध प्रदर्शनमा ओली नेतृत्वको सरकारको विरोध गरेका छन् ।
प्रदर्शनमा प्रदर्शनकारीहरुले ओलीको मिसन, सिटामोलमा कमिसन, संविधानमाथि केपी ओली, कानुनमाथि दुर्गा प्रसाईं, चिकित्सा शिक्षामाथिको हस्तक्षेप बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा आधा दर्जनभन्दा बढी युवाहरूलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर