काठमाडौँ, २६ जेठ । आज शेयर बजार परिसूचक नेप्से १३.५६ अंकले अंकले घटेर २९४६.५८ विन्दुमा झरेको छ  ।   यस्तै आज क वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत २.८३ अंकले घटेर ५२५.२८ विन्दुमा कायम भएको छ ।

आज २२१  कम्पनीको ३  करोड १३ लाख ५४ हजारकित्ता शेयर खरीदबिक्री हुँदा १६ अर्ब ९९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज फाइनान्स, उत्पादन, बीमा र व्यापार समूहमा लगानीकर्ताको उत्साह देखिएको छ ।नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, उन्नति मोदी हाइड्रोपावर, रिडी हाइड्रोपावर विकास कम्पनी, अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक कमाए ।

युनाइटेड आइडीआई मार्दी, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंकको सेयर मूल्य धेरै घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर