पाटन (ललितपुर), २८ कातिकः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते शनिबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक आगामी मङ्सिर १ गते सोमबार दिउँसो २ बजे बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।
