-देवीभक्त ढकाल

नयाँ प्रजातान्त्रिक शासन व्यवस्था हामीले कस्तो बनाइयौं भने सरकारका सबै निर्णयहरु,काम कार्वाही विधि ,विधान,प्रचलन,पद्धति अनुसार नहुने गलत संस्कार र संस्कृति विकसित भयो ।एउटा व्यक्तिको लहडमा अध्यादेश ,किन भने सपथको समयमा राष्ट्रपतिलाई नै त्यो पर्दैन भनेको को विषयको सामधान प्रतिज्ञा शब्द नै हट्ने रे ।कस्तो पाखण्ड ,कस्तो उन्माद र उन्मत्ता । निर्वाचित शासक तानाशाह भयो भने जनताको एकमात्र अन्तिम सहारा न्यायालय हो ।न्यायालय समेत स्वतन्त्र,निष्पक्ष र तटस्थ रहन नदिने संयन्त्र भित्र उ खेल्छ ।सरकारले भर्ना गरेका न्यायाधीशहरुले एकाध मुद्दा यसो जनताको पक्षमा गरेर लाज बचाउने गर्दछन्।र पूरै शक्ति सरकार बचाउने अवस्थामा क्रियाशील रहन्छन् ।  न्यायालयले नै प्रधानन्यायाधीशलाई अन्याय गरेको घटना सार्वजनिक हुनु अर्को दुर्भाग्य हो ।सरकार र राष्ट्रपतिका दैनिक षड्यन्त्रको सिकार जनता ,राजनीतिक दलहरु हुने निश्चित देखियो ।संविधानमा उल्लेखित विषय समेतलाई दुरासयपूर्ण व्याख्या हुने विषयले परिस्थिति प्रतिकूलता तिर निर्देशित हुदैछ भन्ने निश्चित भयो ।यो परिस्थिति र अवस्था भनेको संकटकाल हो।राजनैतिक , आर्थिक र स्वास्थ संकटकाको सामना वर्तमान राजनैतिक नेतृत्वले धान्ने योग्यता र क्षमता राख्दैन । अबको परिवर्तित विकल्प झन खतरनाक हुने निश्चित प्रायः देखियो ।राजनीतिलाई संघर्ष र आन्दोलनमा मात्र सीमित गरेर राज्य लुटतन्त्र मच्चाउनेहरुको बिगबिगीबाट जनता र देशलाई मुक्त गर्नैपर्छ। अन्यथा अर्को अनिष्टको प्रारम्भ हुन्छ।

सधैं आन्दोलन ,सधैं संघर्ष ,सधैं विवाद,सधैं झगडा नै दल र दलका नेताहरको मुख्य काम भएको अवस्थामा विकास र समृद्धि मात्र हैन वर्तमान महामारी नियन्त्रणको काम पनि सरकारक‍ो प्राथमिकतामा छैन भने कसरी र किन यस्तो शासन व्यवस्था प्रजातान्त्रिक हुन्छ रु नामको अगाडि पछाडि प्रजातन्त्र झुण्डाउदैमा प्रजातान्त्रिक हुन्थ्यो भने पंचायतको पछाडि पनि प्रजातन्त्र थियो । त्यसले कहिलेकाही व्यक्ति सम्म परिवर्तन गरेको छ।परिवर्तन गर्नुपर्ने चरित्र हो ।चित्र परिवर्तनले हुनेवाला केही छैन।उहीँ चरित्र फरक मात्र चित्र कसरी विकास र समृद्धि आउँछ , चरित्र उहीँ व्यक्ति नयाँ हुदैमा नयाँ नेपाल हुदैन।नयाँ नेपाल नाराले हुने विषय पनि हैन। यहाँ हाम्रा पार्टीहरुका नेतृत्वतहमा सदाचार ,नैतिकता ,चरित्र ,इमानदारीता,स्वच्छता ,पारदर्शिता ,प्रतिबद्धता नै छैन। प्रतिज्ञा शब्द सपथमा उच्चरणसम्म नगर्नेको परिवर्तन ,विकास र समृद्धिको हवादारी कुरा पत्यउदा पनि तीनवर्षे कार्यकालमा केही लछारपाटो लागेन।भ्रष्टाचार र कुशासन नै हाम्रा उपलब्धि बने।न्यूनतम शासकीय गुण नै नहुनेहरुबाट यो जटिल काम फत्ते गर्ने कुनै लक्षण नै देखिदैन । सत्ता राजनीतिमा विकसित उन्माद र अनुशासनहीनताका घटनाले अब राजनीतिले वैकल्पिक निकास खोज्नुपर्ने बाध्यता एकाएक उत्पन्न भएको छ।

सधैं सत्ता संघर्ष ,सधैं ,आन्तरिक झगडा ,सधै संसद विघटन,सधैं अविश्वास र विश्वासको मतको लेनदेनको टन्टामा सरकार व्यस्त हुने अवस्थाले वर्तमान महामारीको अवस्थामा पनि जनता बेसहारा हुनु भनेको वर्तमान संविधान असफल भएको प्रमाण हो ।अब वर्तमान संविधान असफल भएको घ‍ोषणा जनताले नै गर्नुपर्छ ।अन्यथा यिनीहरुकै अन्तरसंघर्षको ,संसद विघटनको गोल चक्करमा नै सरकारको र प्रतिपक्षी दलहरुको समेत काम कार्वाही सीमित भएपछि जनताका समस्या कसले हेर्ने रु महामारीका कारण अब देशमा त लासको खात भएको हेर्न र भोग्न हामी बाध्य छौ। अझ अगाडिको अवस्था अझै भयावह छ। देशमा लाशको खात लागेको बेलामा ,कसलाई सत्ताबाट हुत्याउने ,कसलाई सत्तामा पु(याउने,के षड्यन्त्र गरेर जोगिने मात्र ध्याउन्नमा लागेको सरकार र दलहरुको पक्ष र विपक्षमा जनता लामबद्ध हुने वातावरण नै हाम्रो दुर्भाग्य हो।हामी दलको कार्यकर्ता,नेताको गुटको सदस्यको रुपमा हैन आफूलाई विशुद्ध नागरिक मात्र बनाउन सके समस्याहरु स्वतस् समाधान तिर जान्छन् ।तर त्यो विवेक जनताले मतदानको अबस्थामा गुमाउदा के आयो के आयो फुस्सको अवस्थामा बस्नु परेको छ ।अब मतदानमा बुद्धि पु(याउने अवस्था पनि छैन।

यो द्वन्द्वको शुरुआत नै निर्वाचको टिकटबाट शुरु हुन्छ।सबै पार्टीले फटाहा,जाली,अपराधीहरु,गुण्डा, लफङ्गाहरुलाई टिकट दिन्छन अब निर्वाचनमा कि गुण्डालाई कि लफङ्गालाई,कि बल्त्कारीलाई कि फटाहहरुमध्येबाट छान्नु पर्ने बाध्यता भएको अवस्थामा निर्वाचनका माध्यमले पनि जनताले सुधार गर्ने ठाउँ नै देखिन्न।सबै जनतालाई पार्टीहरुले आ(आफ्नो पार्टीमा आबद्ध गरेका कारण उनीहरु पार्टी बाहेकका उम्मेदवारलाई भोट दिनु भनेको अपराध हो भन्ने दह्रो प्रशिक्षण दिएका छन। आफ्नो पार्टी बाहेकका जतिसुकै राम्रो अर्को पार्टीको वा स्वतन्त्र उम्मेदवारलाई भोट दिनै नहुने कुसंस्कार स्थापित छ।स्वतन्त्र तर योग्य मानिस निर्वाचनमा उठ्ने वातावरण नै छैन।उम्मेदवार असल रोज्ने पाउने बाटो बन्द भएको अवस्था छ। सुधार यै पद्धति भित्र असम्भव जस्तै बनाएको अवस्था अझ दुर्भाग्यपूर्ण भन्नुपर्छ ।अहिले राजनीति शुद्धीकरणको बाटोमा नै लागेको र लाग्ने पनि अवस्था नहुदा आशावादी बन्ने कहीकतै ठाउँ नै छैन।यहाँ साढेको जुधाई बाच्छोको मिचाई छ।यो देशले राजनीतिक निकास कहिल्यै पाउने अवस्था देखिएन।

अब स्वार्थ ,लोभ भन्दा माथि उठ्ने बौद्धिक र सामाजिक व्यक्तिहरुले यसबारे गम्भीरता पूर्वक नयाँ चिन्तनका साथ अघि बढनु पर्ने आवश्यकता भएको अनुभव आम नागरिकको छ।महामारीको समयमा बिरामी लाई अस्पताल नआउन भन्ने,अस्पतालमा बेड,अक्सिजन ,भेन्टिलेटर,औषधि ,डाक्टर ,नर्स ,आदि व्यवस्था बिरामीले नै गर्नुपर्ने हो भने करोडौं का गाडी ,तलव,सुविधा दिएर सरकारलाई किन पाल्ने रु सरकारको उत्पत्ति नै जनताको जीवन रक्षार्थ भएको हो।

महामारीमा पनि हस्पिटलमा सरकार गायव हुन्छ भने यो गैरजिम्मेवार सरकार जनतालाई किन चाहियो रु वर्तमानमा सरकारले आफ्नो अस्तित्व र उपस्थिति दुबै गुमाएको छ। जेष्ठ नागरिक करिव चौध लाख जतिलाई भारतमा निर्मित खोप दिएको थियो ।दोस्रो खोप आठ हप्ता देखि बाह्र हप्ताको बीचमा लगाउनुपर्छ ।त्यो अवधिमा नलगाउदा खोपले काम गर्दैन।अब जसले त्यो खोप लगाएको छ उसले अन्य कम्पनीको खोप लगाउन पनि हुन्न भन्छन् स्वास्थ्य विशेषज्ञहरु । अब फागुन २३ गते पहिलो खोप लगाउनेहरुका लागि जेठ भित्र दोस्रो खोप लगाउनुपर्छ ।स्वास्थ मन्त्रीलाई पत्रकारले त्यो भारतीय कम्पनीको दोस्रो खोप कहिले आउँछ भनेर सोध्दा उनको उत्तर थियो अचानक आउँछ।पत्रकारले फेरि सोधे तत्काल आउँछ।उनी भन्छन् फेरि तत्काल आउँछ।अझै खो(याए जबाफमा सबै कुरा भन्न हुन्न भने।यस्ता गैरजिम्मेवार कुरा जिम्मेवारीमा रहदा गर्नेहरु कुनैपनि हालत र शर्तमा व्यवस्थापनमा योग्य हुदैनन् ।व्यवस्थापकीय योग्यता शून्यहरुको व्यवस्थापनको घेरामा बाच्नु कति कठिन होला रु यो भोग्नेलाई थाह छ ।यो अनुमानसम्म गर्न कठिन विषय हो ।हाम्रो पद्धति नै त्रुटिपूर्ण छ । त्यो हो खराब मानिसलाई टिकट दिने ।

खराब मध्येका निर्वाचित हुने तिनै मन्त्री र प्रधानमन्त्री हुने वर्तमान संवैधानिक संरचना नै त्रुटिपूर्ण छ। टिकट वितरणमाको प्रारम्भिक तहबाट सुधारेर राजनीतिलाई सच्च्याउनुपर्छ। फेरि हुने परिवर्तन पनि हिजो जस्तै फगत परिवर्तनको लागि हुन हुदैन।सरकारमा मुर्खहरुको,उट्पट्यङहरुको बाहुल्यता हुदा यसले जे जे विकृति दिनपर्ने थियो त्यै दिएको छ।सामन कमसल जोडेपछि त्यसले राम्रोसँग काम गर्दैन ।हाम्रो राजनीतिको पनि त्यही हालत छ। सरकार हुनु भनेको जनताले साहारा र सहयोग पाउने र जनताको जीवन व्यवस्थित बनाउनु हो ।सरकार स्वयं आफै सधैं अस्तव्यस्त छ। अस्तव्यस्त सरकारी संरचनाबाट हाम्रो व्यवस्था हुन्छ भन्ने भ्रमबाट सबै जनता मुक्त हुनै पर्छ।

अब पार्टी ,पार्टीमा विभाजित हुदा पार्टीका नेताहरुले जनतालाई दास बनाएर लुटेका छन ।त्यसैले अब पार्टी हैन सत्य,तथ्य र वास्तविकतालाई साथ दिनुपर्छ।अब मेरो र तेरो पार्टीको कुनै सीमाङ्कन जरुरी छैन।हाल नेतृत्वमा देखिएकाहरुबाट परिस्थिति सुध्रदैन,समालिदैन भनेर जान्दा जान्दै फेरि अन्तिममा तेरो र मेरो पार्टीका आधारमा मतदान गर्ने रोगी प्रजातान्त्रिक पद्धतिले नै यहाँ तानाशाह उत्पादन गरेको छ ।वंशानुगत तानाशाह भन्दा निर्वाचित तानाशाह अझ भ्रष्ट र दुष्ट हुन्छन् भन्ने कुरा समयक्रममा घटनाक्रमले अहिले प्रमाणित गरेको कुरा व्यक्त गर्नु पक्कै अन्यथा मानिने छैन।

वर्तमान राजनैतिक अवस्था र व्यवस्था नसुध्रेर सुख्खै छैन ।सुध्रने सरल बाटो पनि तत्काल देखिदैन। किनकि नेपालको राजनीति सरल रेखामा भन्दा बक्र रेखामा हिडाइन्छ। त्यसैले अस्पताल जाने,उपचार पाउने मानवीय मौलिक हक गुमेको छ भने राजनैतिक मौलिक हकको कुन हविगत छ त्यो व्यक्त गर्नै कठिन छ।जनताको लास गन्ने जिम्मेवारी बोकेको सरकारी संयन्त्रको जनताका लागि के काम।अब पार्टीको संकीर्ण घेराबाट हाम्रा सबै बुद्धिजीवीहरु निस्कनुपर्छ।समस्याको निकास निकाल्ने काम बुद्धिजीवीहरुको नै हो।वर्तमान अवस्था वास्तवमा नागरिकको लागि राजनैतिक ,आर्थिकसामाजिक ,संकटकाल हो।संकटमा निकास दिने कसले बुद्धिजीवीले नै हो।अब यो देशका बुद्धिजीवीहरु बौद्धिकरुपमा जीवित छन भने वर्तमान अस्तव्यस्त राजनीतिलाई हस्तक्षेप गर्नुपर्छ ।गर्नसक्नु पर्छ।

महामारीले घर घरमा लासको लस्करको पीडा छ ।सरकार कुर्सीका लागि दिनदिनै संविधानलाई बलत्कार गर्दैछ।न्यायालय र संवैधानिक अङ्गहरु सेटिङमा चलेका छन ।न्याय हराएको धेरै भयो ।अब संविधान पनि खोज्दा कतै नभेटिने अवस्था हुदा सम्म पनि बुद्धिजीवीहरु पार्टी प्रति बफादार बनेर नियुक्ति कुर्ने कि सबैले पार्टीको पूर्वाग्रह परित्याग गरेर देश र जनताको पक्षमा संगठित र ऐक्यबद्ध हुने रु बुद्धिजीवीहरुको जिम्मेवारी नै देश र समाजलाई संकटको बेलामा उपयुुक्त निकास दिने हैन र रुदेशको राजनीति पार्टीको ,कुनै समुहको र व्यक्ति विशेषको लाभ हानीको दुष्चक्रमा फस्न हुन्न।विश्वमा कसैले आफूलाई आफैले तानाशाह घोषणा गरेको छैन । तानाशाह प्रवृत्ति हो,कार्यशैली हो,।जीवनशैली हो ,।चरित्र हो ।त्यो कोणबाट वर्तमान राजनीतिलाई चियाउनु होस त परिस्थिति निकै गम्भीरताको दिशातिर निर्देशित छ।

गैर संवैधानिक बाटोबाट देशको राजनीतिले दिशा परिवर्तन गर्ने बित्तिकै फेरि त्यसलाई ठिक बाटोमा ल्याउन एउटा सिङ्गो पुस्ताले संघर्ष र आन्दोलन गर्नुपर्छ। विकृत राजनैतिक अवस्था सन्ततिलाई हस्तान्तरण नगर्न अब बुद्धिजीवीहरुमा पनि एकता र सुझबुझ आउनुपर्छ।अब पनि नियुक्तिका अबसरको चक्करमा वर्तमान राजनीतिलाई समर्थन कसैले गर्छ र सहयोग गर्छ भने त्यो बौद्धिक आत्महत्या हो।अब बुद्धिजीवीहरुले कुनै पनि पार्टीको बिल्ला भिरेर यी गलत नेतृत्व गर्नेहरुलाई टेवा दिने काम नगरौं ।बुद्धिजीवीहरु पार्टीको बुद्धिजीवी बन्दा देश र समाज गलत दिशातिर निर्देशित भएको ले सबै पार्टीका बुद्धिजीवीहरुले आफूलाई देशको बुद्धिजीवी बनाउनुपर्छ ।बुद्धिजीवीहरुको घेरा अन्तर्राष्ट्रिय हुन्छ ।हाम्रा बुद्धिजीवी त पार्टीको त्यसमा पनि गुटको घे्रामा आफूलाई कैद गरेर बुद्धिको चरम दुरुपयोग र बुद्धिजीवीको शाश्वत महत्त्व र उपादेयतालाई समाप्त गरेका छन।

बुद्धिजीवीहरु पनि झुठो बोल्ने नेताका पछि लाग्ने कि सत्यको पक्षमा रु सत्य प्रति बुद्धिजीवीहरुको पनि निष्ठा भएन भने अब सत्य व्यबहारमा ,आचरणमा जीवनमा हैन शब्दकोषमा सीमित भयो भने समाज कता जान्छ रु बुद्धिजीवीहरुको छुट्टै पार्टी बनाउदा सदस्य बन्न सुहाउछ तर बुद्धिजीवीहरुले यस्ता पतित ,भ्रष्ट नेताहरुको पक्षपोषण गर्ने पार्टीहरुको सदस्य हुनु भनेको बौद्धिक आत्महत्या गर्नु हो।सबै बुद्धिजीवीहरु यो आत्महत्यारुपी रोगबाट बचौं र जनतालाई पनि बचाऔं।देशको भविष्यमा हाम्रा कारण र व्यबहारले ग्रहण लाग्ने काम नगरौं ।यसको अर्थ बुद्धिजीवीहरुले सत्ता कब्जा गर्ने अर्थमा बुझ्न हुदैन।सत्ताको गलत दिशा उन्मुख स्टेरिङलाई समातेर ठीक सडक सम्म ल्याउन भने बुद्धिजीवी कै नेतृत्व जरुरी भयो भने त्यो गर्न सकिन्छ।बुद्धिजीवीहरुको काम राजनीतिज्ञहरुलाई बुद्धि दिने हो ।तर त्यसको अर्थ त्यसका माध्यमले राजनैतिक नियुक्ति वा व्यक्तिगत स्वार्थ पूर्ति भने क्षम्य हुनसक्दैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर