वीरगंज,  ५  बैशाख । वीरगञ्ज महानगर क्षेत्रमा यही बैशाख १ गतेदेखि लगाइएको निषेधाज्ञा आज शुक्रबार बिहानबाट हटाइएको  छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

‘स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखिको निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ,’ जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ ।

गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभा यात्रामा दुई पक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर