काठमण्डौं, २ जेठ । नेपाली काँग्रेसले आज आइतबारबाट ‘कोभिड—१९ को अवस्था र काँग्रेसको भूमिका’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया गर्दैछ । जुम प्रविधिमार्फत गरिने यो अन्तरक्रिया यही जेठ ४ गतेभित्र ७ बटै प्रदेशमा गरेर सकिनेछ ।

काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले हिजो एक प्रेस विज्ञप्तिमार्फत् जानकारी गराए अनुसार यो कर्यक्रम पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा हुन लागेको हो । यो अनुगमन समितिको संयोजक सह महामन्त्री प्रकाशशरण महत हुनुहुन्छ । कार्यक्रम सन्चालन र संयोजनको जिम्मा उहाँलाई नै दिइएको छ ।

विज्ञप्तिमा उल्लेख भए अनुसार उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसदहरु, प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति, गाउँ/नगरपालिका कार्यसमितिका सभापतिहरु तथा नेपाली काँग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरु एवं नेपाली काँग्रेस कोभिड–१९ जिल्ला अनुगमन समितिका संयोजकहरूको सहभागिता रहनेछ ।

कार्यक्रममा केन्द्रबाट प्रमुख अतिथिको रुपमा सभापति शेरबहादुर देउवा र विशिष्ट अतिथिका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेलका सथै अन्य केही नेता र विषयविज्ञहरूको पनि सहभागिता रहनेछ ।

कार्यक्रमको समय तालिका यस प्रकार छ :
१. आज जेष्ठ २ गते विहानको १०.०० वजेदेखि सुदुरपश्चिम र कर्णाली प्रदेश । आजै अपरान्ह ४.०० वजेदेखि लुम्विनी प्रदेश ।

२.जेष्ठ ३ गते विहानको १०.०० वजेदेखि गण्डकी प्रदेश । सोही दिन अपरान्ह ४.०० वजेदेखि वाग्मती प्रदेश ।

३. जेष्ठ ४ गते विहानको १०.०० वजेदेखि प्रदेश नं. २ । सोही दिन अपरान्ह ४.०० वजेदेखि प्रदेश नं. १ ।

प्रतिक्रिया

सम्बन्धित खवर