काठमाण्डौं २९ बैशाख । इङ्ग्लिस प्रिमियर लिगको यसपालिको उपाधि म्यान्चेस्टर सिटीलाई हात लागेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनइटेड मङ्गलबार राति भएको खेलमा लिस्टर सिटीसित हारेपछि सटीलाई यो उपाधि मिलेको हो ।

लिस्टर सिटीले म्यानचेस्टर युनइटेडलाई उस्कै मैदनमा २/१ गोलले हराएको हो ।

लिगका ३८ खेलमा ३५ खेल भैसकेका छन् । अब सिटी र म्यानयु दुबैले पनि ३ खेल खेल्न बाँकी छ ।

शीर्ष स्थानमा रहेको सिटीको ८० अंक छ भने दोस्रो स्थानमा रहेको म्यानयुको खातामा ७० अंक छ । बाँकी तिनै खेल जिते पनि म्यानयुको खातामा ७९ अंक मात्र पुग्छ ।

यो खेलपश्चात् अंक तालिकामा तेस्रो स्थानमा रहेको लिस्टर सिटीले ६६ अंक बनाएको छ । म्यानयुको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको मंगलबार रातिको खेलमा पहिलो हापमा दुबैतर्फबाट १/१ गोल भएका थिए ।

लिस्टरका थोमसले ११ औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई १/० अग्रता दिलाएका थिए । तर त्यसको तिन मिनेट भित्रै म्यानयुले गोल फर्काएर बराबर १/१ गरेको थियो । त्यो गोल ग्रिनउडले गरेका थिए ।

निकै रोचक र प्रतिस्पर्धापूर्ण रहेको सो खेलको ६६ औं मिनेटमा लिस्टरले पाएको कर्नरको मौका राम्रोसँग सदुपयोग गर्‍यो, गोल थप्यो । म्यानयुलाई हरायो । यो गोल सोयन्कुले हेड गरेर गरेका थिए ।

जुन गोलले लिस्टरको खातामा ३ अंक त थप्यो नै, थप यो सिजनको उपाधिको टुंगोसमेत लगायो र सिटीले तीन खेल बाँकी छँदै उपाधि जित्यो ।

यसपटकसँगै सिटीले प्रिमियर लिगको उपाधि ७ पटक जितेको छ । उसले यसअघि १९३६/३७,  १९६७/६८, २०११/१२, २०१३/१४, २०१७/१८,  २०१८/१९  मा जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर