काठमाडौं, २१ वैशाख । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भई वैशाख २९ गतेसम्म थप कडाका साथ लागु हुने भएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।
वैठकले निषेधाज्ञाको समयमा पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म कायम गरिएको,अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको छ ।
यसअघि जारी भएका सबै पास खारेज गर्ने, बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय पनि वैठकले गरेको छ । यसैगरी कवाडी संकलन र ठेला गाडा चलाउन समेत रोक लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर