काठमाडौं, २० वैशाख । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमण (कोभिड१९)बाट ३७ जनाको मृत्यु भएको छ ।
यो संख्यासँगै अहिलेसम्म कोरोनाबाट ३३६२ जनाको मृत्यु भइसेकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा थप ७४४८ जना सङ्क्रमित पुष्टि भएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो भने ५१८ जनाको एन्टीजेन परीक्षण गरिएको जनाएको छ ।
मन्त्रालयले जनाए अनुसार थप उक्त सँख्यासँगै अहिले कुल सङ्क्रमित ३ लाख ४३ हजार ४१८ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा २०२१ सङ्क्रमित विसेक भएको छ । यससँगै २ लाख ८६ हजार १५ जना विसेक भइसकेका छन् ।
अहिले सक्रिय संक्रमित ५४ हजार ४१ जना रहेको छ ।
अहिले २१२ जना क्वारेन्टिनमा र ५४ हजार ४१ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर