काठमाडौं, १९ बैशाख । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमण(कोभिड१९)बाट २७ जनाको मृत्यु भएको छ ।
यससँगै मृतक सँख्या ३३२५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जना गरी थप ७२११ जनामा सङ्क्रमण पुष्टि भएको र सो सँगै कुल सङ्क्रमित सँख्या ३ लाख ३६ हजार ३० पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाकामा मात्र ३ हजार ५९५ जना संक्रमित छन् । जसमध्ये भक्तपुरका ३०१, ललितपुरका ५५० र काठमाडौंका २ हजार ७४४ छन् ।
सोही समयावधिमा १६१२ जना सङ्क्रमित विसेक भएको मन्त्रालयले जनाएको छ । यससँगै अहिलेसम्म २ लाख ८३ हजार ९९४ जना विसेक भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर