पोखरा, १६ वैशाख । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सदस्य खिमबिक्रम शाहीले आफु पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको वताउनु भएको छ ।
उहाँले सो कुरा आज एक विज्ञप्ती दिदै प्रष्ट पार्नुभएको हो ।
उहाँ हिजो प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भईरहेको अवस्थामा सम्पर्कविहीन हुनुभएको थियो ।
चरक मेमोरियल अस्पतालमा उपचार भईरहेको खुलेको शाही प्रदेश सभामा अनुपस्थिति भएपछि सो स्थगित भएको थियो ।

विज्ञप्तिमा उहाँले सदनमा जाने बेला अचानक बिरामी भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा आफू बेहोस भएको जनाउनु भएको छ ।
उहाँले भन्नुभएको छ ‘अहिले उपचाररत छु । मेरो स्वास्थ्यमा क्रमिक सुधार भएको छ । थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैंयौ प्रश्नको बारेमा स्पष्ट पार्नेछु ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर