पोखरा, १५ वैशाख । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही सम्पर्कविहीन हुनुभएको छ ।
आज विहानदेखि उहाँ सम्पर्कविहीन हुनुभएको हो । उहाँ सम्पर्कविहीन भएसँगै आज निर्णयार्थ पेश गरिने अविश्वास प्रस्तावको पक्षमा बहुमत नपुग्ने संकेत देखिएको छ ।
जनमोर्चाका ३ सांसदको पनि समर्थन हुने भएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
अविश्वास प्रस्ताव पारित हुन आवश्यक ३१ सांसद आवश्यक पर्नेमा शाही सम्पर्क विहिन भएपछि अविश्वासको प्रस्तावको पक्षमा ३० सांसदमात्र पुग्ने देखिएको छ ।
शाही सम्पर्क विहिन भएको घटनालाई सत्ता पक्षले अपहरण गरेको आशंका गरिएको र सोही आधारमा सदन स्थगित गरेर उहाँको खोजि गर्न माग गर्दै अविश्वास पक्षधरले प्रदेश सभा सचिवालयमा निवेदन दिएका छन् ।
अविश्वास पक्षधर एक सांसदले उहाँको खोजि हुनुप¥यो सो नगरी कसरी सदन चलाउन सकिन्छ, ? ’