जलेश्वर, १५ वैशाख । महोत्तरीको पिपरा गाउँपालिका–५ मा आज बिहान एक बालकको जलेर मत्यु भएको छ ।
मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आकाशकुमार यादव रहेको प्रहरीले जनाएको छ ।
गए राति ९ बजेको समयमा श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा आगो लागेको थियो ।
आगो बालक आकाश सुतिरहेको अवस्थामा हातगोडा चलाउँदा नजिक रहेको दियो लडेर आगो लागेको थियो ।
बालकको शरीरको दाहिने भाग जलेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि गए राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकामा आज बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर