काठमाण्डौं, १३ बैशाख । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमण(कोभिड१९)का कारण १२ जनाको मृत्यु भएको छ ।
यससँगै मृतक सँख्या ३१७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा १२ हजार ४०० जनाको आरटी पीसीआर परीक्षण गर्दा रिएकोमा ३४४२ र ८९३ एनटिजेन परीक्षण गरिएकोमा ११४  जना गरी जम्मा ३५५६जनामा थप  सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससँगै कुल सङ्क्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३७८ जना सङ्क्रमित विसेक भएका र सो सँख्या सहित अहिलेसम्म २ लाख ७७ हजार ९५१ जना विसेक भइसकेका छन् ।
मन्त्रालयले जनाए अनुसार अहिले ६५ जना क्वारेन्टिनमा र २२ हजार ४३४ जना आइसोलेशनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर