काठमाडौं, ७ बैशाख । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा आज बसेको स्थायी कमिटी बैठक सकिएको छ ।
वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे स्पष्ट खाका तयार नभएकाले आजको बैठकले त्यसबारे कुनै निर्णय नगरेको र भोलीको वैठकले सो बारे निर्णय गर्न सक्ने संकेत पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको छ ।
प्रवक्ता श्रेष्ठले आजको बैठकमा यस विषयमा छलफल भएको वताउनुभएको छ । उहाँले नयाँ सरकार गठन बारे नेपाली काँग्रेसलगायतका दलसँग छलफल भइसकेकोले सो बारे छिट्टै निर्णय गरिने पनि बताउनुभयो ।
उहाँले भोली दिउँसो १ बजे बैठक बोलाइएको भन्दै ओली सरकारलाई पार्टीको कुनै पनि हिसाबले समर्थन नरहेको केवल कानुनी रुपमा मात्र समर्थन रहेको बताउनुभयो ।
उहाँले काँग्रेस, जसपा लगायतका दलसँग ओली सरकार ढाल्न एकमत रहेको पनि दावी गर्नुभयो ।
उहाँले वर्तमान सरकारले संविधान र लोकतन्त्रको विरुद्ध काम गरिरहेको वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर