काठमाडौं, ३ वैशाख । पछिल्लो चौबीस घण्टामा ५५५७ जनाको आरटी पीसीआर परीक्षण गर्दा ८३६ जनामा कोरोना भाइरस सङ्क्रमण (कोभिड१९) पुष्टि भएको छ ।
यससँगै सङ्क्रमितको कुल सङ्ख्या २ लाख ८२ हजार ८०९ पुगेको छ ।
यसैगरी ६३१ वटा एन्टिजिन परीक्षणमा ६४ जना सङ्क्रमितको पहिचान गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा २०८ जना सङ्क्रमित विसेक भएका छन् र यससँगै अहिलेसम्म २ लाख ७४ हजार ८१२ जना विसेक भइसकेका छन् ।
पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्युको भएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट ३०७० जनाको मृत्यु भएको छ ।
