काठमाडौं, २ वैशाख । पछिल्लो चौबीस घण्टामा ३५८८ जनाको आरटी पीसीआर परीक्षण गर्दा थप ४९० जनामा कोरोना भाइरस सङ्क्रमण (कोभिड१९) पुष्टि भएको छ ।
यसेगर िस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५६४ वटा एन्टिजिन परीक्षण गर्दा ४४ जना कोरोना सङ्क्रमितको पहिचान गरिएको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा १५७ जना सङ्क्रमित विसेक भएको मन्त्रालयले जनाएको छ । यो सँख्यासँगै अहिलेसम्म २ लाख ७४ हजार ६०४ जना विसेक भइसकेका छन् ।
पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै मृतक सँख्या ३०६६ पुगेको छ ।
यसैगरी मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई दोस्रो चरणको कोरोना महामारीबाट अतिप्रभावित क्षेत्रको रुपमा राखेको छ ।
मन्त्रालयव्दारा जारी विज्ञप्तिमा काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बाग्लुङका जिल्लामा भीडभाड नगर्न एवम् संक्रमणबाट संवेदनशील बन्न समेत आग्रह गरिएको छ ।
मन्त्रालयले उक्त जिल्लाहरूमा मानिसहरू धेरे जम्मा हुने स्थान विद्यालय, रात्री क्लव, रेस्टुरेन्ट, जात्रा मेला पर्वमा नजान समेत आग्रह गरेको छ ।
