काठमाडौं, १ वैशाख । पछिल्लो चौबीस घण्टामा ४२८९ जनाको आरटी पीसीआर परीक्षण गर्दा थप ५८० जनामा कोरोना भाइरस सङ्क्रमण (कोभिड१९) पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो चौबीस घण्टामा ४५१ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा मात्र २५४ जना सङ्क्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौंमा १७३, भक्तपुरमा २० र ललितपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा १२९ जना सङ्क्रमित विसेक भएका छन् ।
अहिले सक्रिय संक्रमित ४०५६ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर