काठमाडौँ, १ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको हो । उहाँले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताउनुभयो ।लकडाउनलाई सरकारले अन्तिम उपायको रुपमा मात्र प्रयोग गरिने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।प्रधानमन्त्री ओलीले कोभिडबाट सुरक्षित रहन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै आफू सुरक्षित, अरुलाई पनि सुरक्षित रहन अपिल समेत गर्नुभयो।
अमेरिकी सहयोगको एमसीसी सम्झौता संसद्मा टेबल गरिए पनि त्यो निर्णयार्थ प्रस्तुत नभएकोमा रुष्ट प्रधान्मन्त्रीले भन्नुभयो त्यस्तो कुनै संवैधानिक अधिकार कसैसँग हुँदैन। त्यो गर्नै पर्ने हुन्छ तर संविधान नै नमान्ने जिद्दी गर्ने प्रवृत्ति झेलिरहेका छौँ।”
।
