काठमाण्डौं, ९  जेठ । इङ्लिस क्लब  न्युकासल युनाइटेडले युरोपेली च्याम्पियन्स लिगको आगामी सत्रको स्पर्धाको लागि आफ्नो स्थान सुरक्षित गरेको छ ।

इङ्लिस प्रिमियर लिगको गए राति भएको खेलमा हारबाट जोगिँदै उसले एक खेल अगावै शीर्ष चारमा आफ्नो पक्का गरेर यो स्थिति बनाएको हो ।

न्युकासलले गएराति सेन्ट जेम्स पार्कमा भएको खेल पुरै आफ्नो पक्षमा राखे पनि गोल गर्न भने सकेको थिएन तर लेस्टर सिटीले पनि गोल नगर्दा दुबैले एक/एक अंक बाँडे ।

यो बराबरीको कारण अन्तिमबाट तेस्रोमा रहेको लेस्टरलाई रेलिगेसनबट बच्न अप्ठेरो परेको छ । नतिजा उस्को आफ्नो हातमा मात्र हैन ।

यता अब एक खेल बाँकी छँदा न्युकासलको ३७ खेलबाट ७० अंक भएको छ ।

न्युकासलको यो अंक प्रिमियर लिगको शीर्ष चार स्थानको लागि संघर्षरत लिभरपुलको भन्दा चारले बढी हो । अन्तिम खेल जित्दा पनि लिभरपुलको ६९ अंक मात्र हुन्छ ।

यसरी न्युकासल युरोपेली च्याम्पियन्स लिगमा २० वर्षपछि पहिलो पल्ट छानिएको हो ।

अन्तिम एक खेल मात्र खेल्न बाँकी रहेको अवस्थामा ६६ अंक जोडेको लिभरपुल ६९ अंकका साथ चौथो स्थनमा रहेको म्यानचेस्टर युनाइटेडका बाँकी दुई खेलको हारको प्रतीक्षामा छ ।

अब म्यानयुले चेल्सी र फुलहामसित अनि लिभरपुलले साउथह्याम्पटनसित खेल्न काँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर