काठमाडौ, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले क्यान्टोनमेन्टमा भ्रष्टाचार गरेको विषयमा आफू दोषी देखिए जेल जान तयार रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले उक्त कुरा आज संसदमा सांसद ज्ञानबहादुर शाहीले राखेको प्रश्नको उत्तर दिने क्रममा बताउनुभएको छ ।

उहाँले क्यान्टोनमेन्टमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताउनुभएको छ ।

‘ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, डा. रामशरण महत अर्थमन्त्री भएको बेला उहाँहरूले रुजु गरिसकेको विषय हो यो। यसलाई अहिले राजनीतिक आग्रह–पूर्वाग्रहका साथ उठाइएकोमा आफूलाई आश्चर्य लागेको बताउँदै आवश्यक परे छानबिन गर्न तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर