काठमाडौ, ६ माघ । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने भएको छ ।


शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको पदाधिकारीसहित शीर्ष नेताहरूको बैठकले सांसद यादवलाई उपसभामुखमा उठाउने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी यादव समानुपातिक सांसद हुनुहुन्छ ।

यसैगरी सत्तागठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरलाई उपसभामुखमा उठाउँने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर